बिबिध

मन्दिरको बिषयमा विवाद र झडप

Lumbinikhabar Online

झापा दमक नगर पलिका १ स्थित २०१८ सालमा स्थापित किरतेश्वर महादेबको मन्दिर बिषयलाई लिएर बिवाद र झड्प भएको समाचार छ ।समाज सेवी बुद्दिजिवी चारमाने कुमालद्वारा आफ्नो सन्तानको रक्षाको लागी भनेर प्रदान गरिएको २ कट्ठा जग्गामा किरातेश्वर महादेबको मन्दिर २०१८ सालामाअ स्थापनागरी पुजा हुँदै आएको मन्दिरमा चारमाने कुमालको निधन पछी मन्दिर ब्यबस्थापन समिती तथा जग्ग हकवाल्ल बिच बिवाद भई २०७५ साल श्रवाण २३ गते उक्त मन्दिर भात्काईएको थियो । सोही बिवादमा फेरी फल्गुनन्द जयन्तिको दिन दोहोरिएर मन्दिर ब्यबस्थापक तथा संचालक बिच सामन्य झडप भएको समाचार छ ।

फागुनन्द जयन्तिको अबसर पारेर मन्दिरका पुजारी लगाएत अन्य भक्तालुहरु बाट दिप प्रज्वोलन तथा ध्वजा फेर्ने कार्य गर्ने हुँदा बिवाद पछी झडप भएको हो । सो झडप पछी मन्दिरका पुजारी लगाएत अन्य केहि भक्तजनबाट दमक ईलाका प्रहरी कार्यालयमा सो बिरुद्धा निबेदन दर्ता गरेका छन । सो निबेदनमा उल्लेखित अनुसार किरातेश्वर महादेब मन्दिरको तर्फबाट उक्त मन्दिरका पुजारिको हैसियतले शेर बहादुर याङ्हाङ्गले सम्मानित झापा जिल्ल अदालतमा २०७५/०९/१५ गते फिराद दर्ता गराएका थिए । र सम्मानित झापा जिल्ला अदालता बाट देवसाथलकै नाममा उक्त मुद्दा २०७७/०१/२८ गते फैसला गरी दिएको ईलाका प्रहरी कार्यालयमा दर्ता गरिएको निबेदनमा उल्लेख छ । निबेदनमा अश्लिल गाली गलौच तथा हातपात गरिएकोमा पिडित पक्षबाट आफुहरु अन्यायमा परेको र सम्बधित ब्यक्तिहरु झिकाई सो बिषयमा छलफल तथा घाईतेको लागी उपचारको लागी पहल गरिदिन निबेदनमा अनुरोध गरिएको छ ।

पिडित पक्षले आफ्नो धर्म र  संस्कृति माथि भएको पक्षपाती व्यवहारको पनि घोर भत्सर्ना गर्दै सरोकारवाला र स्थानीय निकायले पनि आफुहरुलाई अन्याय गरेकोमा आफुहरु निकै दुखित र हताश भएको गुनासो गरेका छन।  मन्दिरका पुजारीका अनुसार हाल चलिरहेको विवाद चुलिए देखि नै मन्दिर पक्षको गुनासो निस्पक्ष रुपमा सुनुवाई नभएको भनाइ छ। यति लामो समय सम्म यो विवाद चलिरहदा पनि  स्थानीय जनप्रतिनिधिबाट पनि सहयोग नभएको उल्टै असहयोग भएको पुजारीको गुनासो छ। “मन्दिर जग्गा अतिक्रमण गरिएर बनाईएको थिएन, होइन पनि एक जना भक्तालुले आफु खुशी दान दिएर मन्दिर स्थापना गरिएकोमा पछि बलजफ्ती मन्दिर भत्काईयो।  हामी पैसा र पावर नभएको साधारण सर्बसाधारण, कसैको साथ् पाएनौ। स्थानीय जनप्रधिनिधिले समन्वय गरि सत्य तत्थ्य बुझेर निष्पक्ष व्यवहार गर्न पर्ने मा जनप्रधिनिधि  पनि हाम्रो बिपक्षमा भए पछि हामीले सम्मानित जिल्ला अदालतमा गुहार लगायौ र हामीले न्याय पनि पायौ । सम्मानित जिल्ला अदालतबाट मन्दिरको पक्षमा फैसला पनि भयो तर अझै पनि हामी माथि अन्याय भैरहेको छ।”  मन्दिरको पुजारीले आफ्नो दुख पोख्दै बताउनु भयो। उनका अनुसार सम्बन्धित जनप्रतिनिधि वा सरोकारवालाले भत्काइएको मन्दिर सोहि स्थानमा स्थापना हुन सक्दैन भने पनि अरु कुनै ठाउमा स्थान्तरण गर्ने गरि व्यवस्था गरि धार्मिक आस्थाको सम्मान गर्न पर्ने पुजारीको भनाइ छ।  तर यस्तो कुनै पहल स्थानीय निकायबाट नभएको जसले गर्दा आफुहरुको धार्मिक आस्था र धर्म माथि नै प्रहार गर्न खोजिएको हो कि भन्ने पनि आफुहरुलाई आशंका हुन थालेको पनि बताउनु भयो।

मन्दिर सम्बन्धि विवादमा हाल जग्गा हकवालाबाट पुर्नाबेदन अदालतमा पुन सुनुवाइको लागि मुद्दा दर्ता भएर हाल सो मामिला पुर्नाबेदनमा मुद्दा चलिरहेको पनि मन्दिरका पुजारी शेर बहादुर योङ्ग हाङ्गले  जानकारी दिएका छन्।

Tags

छुटाउनु भयो कि ?