टप खबर

जनजागृति युवा क्लब ईश्वरपुरका युवाहरुद्धारा देउसीबाट संकलित रकम टोल सुधारमा

Lumbinikhabar Online

हिन्दुको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर उठेको रकम टोल सुधारमा लगानी गरिने भएको छ । कोभिडको महामारीबाट केहि भए पनि तंग्रिदै गएको हाम्रो समाज केहि खुला भए पछि पर्व मनाउनेहरुमा खुशियाली छाएको छ । सर्लाही जिल्लाको ईश्वरपुर ८ का विकासप्रेमी युवाहरुको सक्रियतामा युवाहरुले देउसी भैलो खेलेर नेपाली कला संस्कृतिको जगेर्नामा समेत लागिपरेको संचारकर्मी तथा क्लबका सक्रिय सदस्य सोनित राज ढुंगेलले बताए । समाज विकासमा युवाहरुको पनि ठूलो भूमिका हुन्छ भन्ने सोचका साथ पर्वलाई अवसरको रुपमा बदलेर २ वर्षको महामारीको पिडा भुल्दै रमाईलो खुशियाली मनाउदै टोल विकासमा समेत योगदान दिने उद्देश्यले जनजागृति युवा क्लब,रामपुरका सक्रिय सदस्यहरुले उक्त देउसी भैलोको कार्यक्रम आयोजना गरिएको कार्यक्रम व्यवस्थापन संघका महासचिव समेत रहेका ढुंगेलले बताए । देउसी भैलोबाट संकलित रकम रमाईलो गरेर खर्च गर्नु भन्दा आफ्नै क्षेत्रको विकासका निमित्त लगानी गर्नु पाउनु हाम्रा लागि अवसर समेत भएको उनले बताए । यस अघि पनि क्लबले समाज सेवामा योगदान दिदै आएको छ ।

Tags

छुटाउनु भयो कि ?