अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
कच्चा तेलको बढ्दो मूल्यकै कारण ६ वर्षपछि निगम पहिलो पटक गतवर्ष ४ अर्ब घाटामा गएको थियो । भारतीय आयल कर्पोेरेसन (आईओसी) ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड ६ लाख प्रक्षेपण गरिएको प्रवक्ता उपाध्यायले बताए ।