टप खबर

ओलीले अब आफूलाई गाह्रो भएको भन्दै प्रतिवेदन प्रस्तुत गर्न शंकर पोखरेललाई जिम्मा दिए

Lumbinikhabar Online

 नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइरहेको छ । महाधिवेशन उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न थालेका थिए । तर, उनले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् ।एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई जिम्मा दिएका छन् । अहिले पोखरेलले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको विधान महाधिवेशन जारी छ । महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिले भाग लिएका छन् ।

Tags

छुटाउनु भयो कि ?