टप खबर

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

Lumbinikhabar Online

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो ।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिकरुपमा सेवा शुरु गरिसकेको छ ।

यसैबीच मेट्रो अनलाइन ट्याक्सीले बुधबार ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरीका, ग्राहकहरुसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ ।

तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिनुभयो ।

मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।

मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिनुभयो । ‘‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं’ उहाँले भन्नुभयो ‘यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन् ।

Tags

छुटाउनु भयो कि ?