टप खबर

एकअर्कालाई सिध्याउने राजनीति

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनु पर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छे संग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरु राजनीतिबाट पाखा लागेका छन । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागु हुन्छ ।

चन्दाको भरमा नेपालका राजनीतिक दलहरु चलेका छन । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागी राम्रो संकेत होइन । अहिले दलहरु आन्तरिक द्वन्द्वमा फसेका छन । कारण के हो भने सत्ता स्वार्थ अरु केही होइन । नेपालका कम्युनिस्ट पार्टीहरु एकअर्काप्रति प्रतिशोधको राजनीति गरिरहेका छन्। यसले जनताको हितमा कुनै काम गरेको छैन । यो राजनीतिले मुलुकलाई अस्तव्यस्त मात्र बनाएको छ । आज नेपाली राजनीति अस्थिरतातर्फ बढिरहेको छ । हिजो मिलेका पार्टी आज बिभाजित छन । पार्टी एकीकरण गरेका कम्युनिस्टहरू आज एकअर्का बिरुद्ध बोलीरहेका छन ।

मुलुकमा अस्थिरता निम्त्याउने काम दलहरुले गरिरहेका छन । मुलुकलाई अराजकतातिर धकेल्ने दल र तिनका नेताहरुलाई जनताले समयमै चिन्नु पर्छ । आज देशमा प्रतिशोधको राजनीति मौलाएको छ । मुलुक अहिले गलत दिशामा अग्रसर हुन लागेको छ। यो बडो अशुभ संकेत हो । सरकार बनेको डेढ महिनाभन्दा बढी हुँदा पनि नेतृत्वले सरकारलाई पूर्णता दिन सकेको छैन। मुलुकको बहुमूल्य समय यसै खेर गइरहेको छ ।अहिले नेपाली राजनीतिमा जे देखिएको छ त्यो राम्रो संकेत होइन । प्रतिशोधको राजनीतिले कसैलाई फाइदा गदैन ।

गलत राजनीतिको परिणाम अन्तिममा नमिठो हुन्छ । आज राजनीतिमा विश्वासको संकट छ । आज दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन । मुलुकलाई गलत दिशातर्फ धकेल्ने काम दलहरुले गरेका छन । सबै दलका नेताहरूको समयमा बुद्धि पलाए मुलुक र जनताले दुःख पाउने थिएनन्। नेताहरुका कुराले सर्वसाधारणमा ठूलो भ्रम सिर्जना भएको छ। मुलुकमा ठूलो भ्रम सिर्जना गर्ने काम दलहरुले गरेका छन । मुलुकलाई अस्तव्यस्त र अराजकतातर्फ धकेल्ने काम दल र तिनका नेताहरुबाट हुदै आएको छ । आज एकअर्काप्रति अविश्वासको वातावरण सिर्जना गर्ने काम नेताहरुबाट भएको छ । शंका, उपशंका, झैझगडा, द्वन्द्व र अस्थिरताको चरम उत्कर्षतर्फ लैजाने काम दल र तिनका नेताहरुले गरिरहेका छन। मुलुक अझै सोही दिशामा अग्रसर हुन सकिरहेको छैन । यो बडो अशुभ संकेत हो ।

सरकार बनेको डेढ महिनाभन्दा बढी समय भएको छ। यत्रो समयसम्म सरकारको नेतृत्वले सरकारलाई पूर्णता दिन सकेको छैन, मुलुकको बहुमूल्य समय यसै खेर फालिरहेको छ। यही शैलीमा सरकार अघि बढिरहनु भनेको मुलुकका लागि दुर्भाग्य हो। यस्तो राजनीतिक संकटको समयमा सरकारले सही दिशा समात्नु पथ्र्यो। तर सकेन । मुलुक चलाउन त्यति सजिलो छैन । आज समाजमा जताततै सरकारप्रति विभिन्न प्रश्नहरू उठिरहेका छन्।

सरकारले भने कामको हिसाबले त्यसको जवाफ दिन सकेको छैन । जुन शुभ संकेत होइन। विकास निर्माण, सुशासन कायम गर्ने कुरामा सरकारको ध्यान अझै पुगेन । अझ जनताले यो सरकार प्रति कसरी विश्वास गर्ने ? कम्युनिस्टहरूको बानी भनेको एकअर्कालाई सिध्याउने राजनीति नै हो । प्रतिशोधको राजनीति कम्युनिस्टहरूमा छ । यसले जनताको हित गदैन । कम्युनिस्टहरूमा टुटफुट र एकअर्कामा तानातान खोसाखोसको अवस्था सिर्जना भएको छ। यसले मुलुकको हित गर्दैन। यसले उल्टै मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने काम गर्छ ।

Tags

छुटाउनु भयो कि ?