टप खबर

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

Lumbinikhabar Online

बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो गीत रचना गर्दा आफु कैयौँ पटक भावुक बनेको बताए ।

गीतको भिडियोमा बुढा-पाकाका अर्ति उपदेश सबै सन्तानका लागि प्ररणादायी हुने र आफ्ना बुवा-आमालाई सधै सम्मान गर्नु पर्ने सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा आकाश अधिकारी, संगम भण्डारी, जेएलसन अधिकारी, दियान गौतम, सुमन बैरागी पण्डित, ज्योती प्रकाश, र दिप्त प्रकाश अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा गीतकार अधिकारी पनि गाइनेको भुमिका मा देखिएका छन । उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोमा प्रकाश धितालले परिकल्पना तथा निर्देशन गरेका छन् । मार्मिक शब्द, सुमधुर स्वर, उत्कृष्ट संगीत संयोजन र यथार्यपूर्ण भिडियोका कारण पनि गीतले सबैको मन जीत्न सक्ने बिश्वास राखिएको छ ।

Tags

छुटाउनु भयो कि ?