टप खबर

हालसम्म १० लाख ५२ हजारलाई मास्क वितरण: मास्क खै अभियान

Lumbinikhabar Online

काठमाडौँ– कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय १६ जनालाई निशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ५२ हजार ८ सय ९८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४९ जनालाई ४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

#मास्क खै अभियान    #निशुल्क मास्क वितरण

Tags

छुटाउनु भयो कि ?