भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।
उपचारका क्रममा निधन भएका वैद्यको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. १९९७ सालको जनै पूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा जन्मिएका वैद्यले सरासू’ कविता सङ्ग्रहका लागि २०२१ मा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ पाएका थिए ।
विसं २०७६ मा वैद्य न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि सम्मानित भएका थिए । वैद्यको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रह अङ्ग्रेजी भाषानुवाद भएको छ ।