टप खबर

भूमी समस्या सम्बन्धी आयोग खारेज गरिएको भन्दै युवा संघद्वारा विरोध प्रदर्शन

Lumbinikhabar Online

राष्ट्रिय युवा संघ नेपाल (केपी) पक्षले भूमि सम्बन्धी आयोग खारेज गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको भन्दै चावहील चोकमा युवा संघले बिरोध गरेको हो ।

सोमबार दिउँसो उनीहरुले सरकारले लाखौँ भूमिहीन, सुकुम्बासी लगायतका नागरिकलाई लालपूर्जा दिनुपर्ने अवस्थामा आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएको बताएका थिए ।

सरकारलाई सही मार्गमा ल्याउन दवाव सिर्जनाका लागि प्रदर्शन गरिएको युवा संघ नेपालले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?