टप खबर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरन आह्वान

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर एमालेलाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

साथै उनले एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने पनि चेतावनी दिएका छन् ।

सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि राति नै विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु ।’

Tags

छुटाउनु भयो कि ?