टप खबर

किन पुगे सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली ?

Lumbinikhabar Online

नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् ।

एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।

‘कानुनीरुपमा केपी ओली नै एमालेको अध्यक्ष हुन्’ भन्ने अभिब्यक्ति दिएको दोस्रो दिन पाण्डे सचिव आचार्यलाई लिएर दिल्ली प्रस्थान गरेको उनी निकट स्रोतले बताएको छ ।

केपी ओलीसँग नजिक भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समुह विभाजन गर्न पाण्डे र आचार्य लागि परेका छन् । वरिष्ठ नेता नेपालबाट खनाललाई अलग गराउने र भारतीय खुविया एजेन्सी ‘र’का प्रतिनिधिसँग भेट गर्न दुई नेता दिल्ली पुगेको आँकलन चल्न थालेको छ । ‘र’ र भारतीय संस्थापनसँग नेता पाण्डेको राम्रो सम्बन्ध छ ।

खनाल दिल्ली उपचारमा जानुअघि यी दुई नेताले खनालका नाममा विज्ञप्ती जारी गरे । खनालले ‘अहिले विज्ञप्ती जारी नगरौ’ भन्दाभन्दै विज्ञप्ती जारी गरिएको थियो । पछि खनाल आफैले दिल्ली अस्पतालबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अपिल जारी गरेका थिए । पाण्डे र आचार्यको ओली मोहमा खनालले खरानी दलिदिएका थिए ।

 

 

Tags

छुटाउनु भयो कि ?