टप खबर

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

Lumbinikhabar Online

धनुषामा पूजा आराधाना गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आराधाना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुईजना भजन मण्डलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृतक दुबैको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?