नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको धारणा राखेका छन् । बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।
नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ ।बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।
उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।
ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।