कोभिड-१९

कोरोनाविरुद्धको खोप निम्न वर्गलाई खोप पाउनै गाह्रो

Lumbinikhabar Online

कोरोनाविरुद्धको खोपमा निन्न वर्गको पहुँच हुन नपाएको भन्दै प्रदेश १ का सांसदहरूले टाठाबाठाले मात्रै लगाएको बताएका छन् । प्रदेशसभामा सांसदहरूले जान्ने, बुझ्ने, टाठाबाठाहरूले अगाडि गएर खोप लगाउने गरेकाले तल्लो वर्गले लगाउन नपाएको बताएका हुन् ।

राप्रपाकी सांसद इन्दिरा राईले कोरोनाविरुद्धको खोप अनियन्त्रित र अपारदर्शी ढंगले लगाइरहेकाले तोकिएका उमेर समूहका सर्वसाधारणले लगाउन नपाएको बताइन् । पहिलो डोज खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज लगाउन नपाएकाले उनीहरूका लागि दोस्रो डोज तत्काल लगाउने व्यवस्था गर्न राईले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

प्रदेश १ मा हालसम्ममा कोभिसिल्ड ४ लाख ५९ हजार र भेरोसेल ५ लाख १८ हजार १ सय २० डोज खोप आएको प्रदेश आपूर्ति केन्द्रका चन्द्रकान्त ठाकुरले बताए । उनले जोन्सन एन्ड जोन्सन कम्पनीको एक मात्रा खोप जान्सेन २ लाख ४० हजार आएको बताए । प्रदेश १ मा हालसम्ममा १ लाख ८० हजार ९७ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत उदय श्रेष्ठले बताए ।

Tags

छुटाउनु भयो कि ?