टप खबर

प्रहरी जवान कार्यालयमै मृत भेटिए

Lumbinikhabar Online

सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय हरिशकुमार शाही कार्यालयमा नै मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टका अनुसार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेको अवस्थमा अवस्थामा मृत भेटिएका थिए ।

अहिले प्रहरीले मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

Tags

छुटाउनु भयो कि ?