कोभिड-१९

चीनको अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनमा नेपाललाई निम्तो

Lumbinikhabar Online

निश्पक्ष खोप आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन चीनले बिहीबार अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनको आयोजना गरेको छ । जहाँ, नेपाललाई पनि निम्तो गरिएको जनाइएको छ ।

अगस्ट ५ मा आयोजना हुने भर्चुअल फोरमलाई चिनियाँ विदेशमन्त्री वाङ यीले अध्यक्षता गर्ने भएका छन् । सो सत्रमा राष्ट्रसंघ, खोप उत्पादक मुलुकका प्रतिनिधि, विभिन्न मुलुकका विदेशमन्त्रीसहित ३० जनाभन्दा बढी सहभागि हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रवक्ता झाओ लिजिआनले अन्तर्राष्ट्रिय खोप साझेदारीलाई बलियो तुल्याउन र खोपको निश्पक्ष र समानुपातिक वितरणका लागि दबाब दिनु छलफलको उद्देश्य रहेको बताए ।

के चीन खोप कूटनीतिमा सामेल भएको हो भन्ने प्रश्नमा प्रवक्ता झाओले कोभिड-१९ विरुद्धको खोप राजनीतिक अस्त्र नभएको बताए । उनका अनुसार चीनले ७०० भन्दा डोज खोप विकासोन्मुख मुलुकहरुलाई वितरण गरेको समेत बताए ।

Tags

छुटाउनु भयो कि ?