टप खबर

महाकाली घटनामा एसएसबीको भूमिकाबारे गृहमन्त्री मौन

Lumbinikhabar Online

एकजना नेपाली युवाले दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय पक्षले तुइन काटिदिएको घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले सोमबार राष्ट्रियसभामा जवाफ दिएका छन्। सरकारको तर्फबाट घटनाबारे जानकारी दिने क्रममा उनले तुइन काट्न भारतीय संलग्ताबारे मौनता साँधेका हुन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।

यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै उनले भने, ‘आज धनगढीतर्फ गइसकेको छ । आवश्यक पर्‍यो भने हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्‍याउँछौं ।’

यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए । तर उनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही बोलेनन् ।

सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका छन् ।

जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए ।

Tags

छुटाउनु भयो कि ?