टप खबर

सुनको मूल्य घट्यो

Lumbinikhabar Online

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन तोलामा १०० रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्य आज स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कायम गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?