कोभिड-१९

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?