शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको चौथो दिन आज नेप्से १५ दशमलव ३० अंकले बढेर ३ हजार ९४ दशमलव ९४ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले बढेर ५७४ दशमलव ३२ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज २१९ कम्पनीका १ लाख २८ हजार ७८० पटका कारोबार भएर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको २ करोड ८१ लख ७० हजार १७२ कित्ता खरिद
बिक्रि भएको छ ।