टप खबर

टेस्लाले तीन महिनामै बेच्यो १२ अर्ब डलरका कार

Lumbinikhabar Online

विद्युतीय कार कम्पनी टेस्लाले तीन महिनामा १२ अर्ब डलरको कार बिक्री गरेको छ। कम्पनीले जुनमा सकिएको तीन महिनामा उक्त रकमको कार बिक्री गरेको हो। जुन अघिल्लो वर्षभन्दा ६ अर्ब डलर बढी हो।

अघिल्लो वर्ष अमेरिकाका कम्पनीका कारखाना नै बन्द भएको थियो। कम्पनीका अनुसार उक्त अवधिमा दुई लाख कार डेलिभरी गरेको छ।

विद्युतीय कारले सार्वजनिक क्षेत्रबाट निकै समर्थन पाएको कम्पनीको भनाइ छ।

बलियो बिक्रीसँगै कम्पनीको नाफा पनि ह्वात्तै बढेको छ। अर्बपति एलन मस्कको कम्पनीले यो वर्षको दोस्रो त्रैमासिक अवधिको नाफा नै एक अर्ब १० करोड डलर रहेको बताएको छ। गत वर्ष नाफा १० करोड ४० लाख डलर थियो। खासगरी सस्ता मोडल ३ सेडान र मोडल वाई कारको उच्च बिक्रीले कम्पनीको नाफा बढाएको देखिएको छ।

सोमबार लगानीकर्तालाई कम्पनीले यसबारे जानकारी गराएको हो।

Tags

छुटाउनु भयो कि ?