टप खबर

आज साउन 12 गतेको राशिफल !

Lumbinikhabar Online

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
सामाजिक कार्य तथा साथी भाइसँग समय बित्नेछ । साथीहरुको संख्या बढ्नेछन्। साथीको लागि धन खर्च हुनेछ । ठुला व्यक्तिको सहयोग मिल्नुको साथै लाभ हुनेछ। आकस्मिक धन प्राप्तिले मन प्रशन्न हुनेछ। टाढा रहेका सन्तानको शुभ समाचार मिल्नेछ। यात्रा सफल हुनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
नोकरीमा पद बढ्नेछ । उच्च अधिकारीबाट सहयोग मिल्नेछ । सरकारी निर्णयमा लाभ हुनेछ। घारम शुख शान्ति छाउनेछ । नयाँ काम प्राप्त हुनेछ। अधुरा कम पुरा हुनेछन् । दाम्पत्य जीवनमा खुशी छाउनेछ । धनको साथै मान-सम्मान बढ्नेछ । व्यापारमा लगानी उठाउने उचित समय रहेकोछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
केहि कठिन पतिस्थितिको सामना हुनसक्छ । उच्च पदाधिकारीको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ। कममा जोस जागर कम हुनेछ। काममा सहयोगीको सहयोग मिल्नेछ। मनाषिक हतास बढ्नेछ । सन्ताको स्वास्थ्यमा समस्या आउन सक्छ । बाबुबाट समस्या हुनसक्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
मनमा नकारात्मक विचार पैदा हुनेछ। रिस बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा अनैतिक काम गर्ने बिचार पैदा हुनेहुदा अनिस्ट हुनसक्छ। बोलीम संयमता राख्नुहोला । आफन्त सँग विवाद हुनसक्छ । आर्थिक आभाव हुनसक्छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
समय रमाइलोमा बित्नेछ । संसारिक मामलामा मन उदास हुनेछ । जीवन साथिको स्वास्थ्यमा समस्या आउन सक्छ । बिरपरित लिंगी संगको भेट रमाइलो हुनेछ। व्यापारीहरुको लागि पार्टनर सँग धैर्यको साथ काम गर्नपर्ने समय रहेकोछ । सार्वजनिक कार्यमा सफलत प्राप्त हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
परिवारमा शुख शान्ति छाउनाले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । कार्य सफलता साथै आराम मिल्नेछ । बिरोधि हरु बाट नोक्सान हुन सक्छ। आमा बाट शुभ समाचार मिल्नेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
काममा लगाव बढ्नुको साथै जोस जागर बढ्नेछ । सन्तानको प्रगति हुनुको साथै शुभ समाचार मिल्नेछ। स्त्री मित्रबाट सहयोग मिल्नेछ। प्रिय मित्रसंगको भेट रमालो हुनेछ । मनमा धरै बिचार आउनाले मन बिचलित हुनसक्छ ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
शारीरिक स्वास्थ्य बिग्रिनुको साथै मानशिक रुपमा पनि अस्वस्थ अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारमा वादविवाद बढ्न सक्छ । अचल सम्पति तथा वाहनको खरिदा बिक्रीमा बिषेस ध्यान दिनुहोला । स्त्रीबाट नोक्सान हुनसक्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
मन प्रसन्न हुनेछ। रमाइलो तथा लामो यात्रा हुनसक्छ। नयाँ कार्यको लागि समय उचित रहेकोछ । स्वास्थ्यमा सुधार हुनाले मन प्रशन्न हुनेछ। साथि भाइ संगको भेट शुखद हुनेछ। समयले साथ दिनेछ। व्यापार बढ्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
बोलीमा बिषेस ध्यान दिनुहोला अन्यथा गलत अर्थ लाग्नसक्छ। परिवारमा विवाद बढ्न सक्छ। बिद्यार्थीहरुले कडा मेहेनत गर्न पर्ने समय रहेकोछ । नकारात्नक बिचारलाइ नियन्त्रण गर्नुहोला । स्वास्थ्य मध्यम रहेकोछ । दाहिने आँखामा समस्या आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
आर्थिक दृस्टीले समय राम्रो रहेको छ। परिवारका सदस्यसँग मनपर्ने भोजन हुनेछ। साथी भाइसँग रमाइलो यात्रा हुनसक्छ । स्वास्थ्यम सुधार हुनेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। आकस्मिक धन प्राप्त हुनसक्छ । दिन रमाइलोमा बित्नेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मन बिचलित हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सन्तानको समस्याले उल्झनमा परिनेछ। आफन्त सँग टाढाको यात्रा हुनसक्छ । धार्मिक कार्यमा धन खर्च हुनेछ। पैसा लेन-देनको लागि समय उचित रहेको छैन ।

Tags

छुटाउनु भयो कि ?