कोभिड-१९

थप ३ हजार १ सयबढीमा कोरोना पुष्टि,१६ को मृत्यु

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पीसीआर र २ लाख ८६ हजार ४६४ वटा एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो २४ घण्टामा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

Tags

छुटाउनु भयो कि ?