टप खबर

एमालेको विवाद मिलाउन  १० बुँदे सहमति भएको छ

Lumbinikhabar Online

एमालेको विवाद मिलाउन  १० बुँदे सहमति भएको छ । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट १० बुँदे सहमति गरी हस्ताक्षर गरेर नेतृत्वसमक्ष प्रस्तुत गर्नेछौँ।’ १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।

Tags

छुटाउनु भयो कि ?