कोभिड-१९

थप एक हजार ८ सय बढीमा कोरोना पुष्टि

Lumbinikhabar Online

आइतबार नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २३७ र ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?