अमेरिकाले १५ लाखभन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्।
सामाजिक संजाल मार्फत को जानकारी मा अमेरिकी राजदूत बेरी अनुसार;
‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड१९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ।”
– राजदूत बेरी