बिजनेस

हराएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण

Lumbinikhabar Online

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ४१ वटा हराएका दुई पाङ्ग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ। महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका ३३ मोटरसाइकल र ८ स्कुटर मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हुन्।

पछिल्लो समय चोरी भएर नियन्त्रणमा लिइएका अधिकांश मोटरसाइकल बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ।

सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने किसिमका मोटरसाइकल र स्कुटर चोरी गर्ने समूहको माथिल्लो सूचीमा पर्ने गरेको छ।
महाशाखाले चालु आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।

Tags

छुटाउनु भयो कि ?