कोभिड-१९

चिनिया कम्पनि सँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप अबको ३ सातामै नेपाल ल्याउने

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ । पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले आइतबार खोप आपूर्तिका लागि हुने तीन वटा फ्लाइटको तालिका नै सार्वजनिक गरेका छन् ।

जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किनेछ। यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७  गते जाने विमान भोलि ८ गते फर्किनेछ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ ।

 

Tags

छुटाउनु भयो कि ?