टप खबर

आज (असार २२) देखि थपिएको उपत्याकाको लक्डाउनमा के गर्न पाइने र के गर्न नपाइने?

Lumbinikhabar Online

आज (असार २२) देखि थपिएको लक्डाउन मा के गर्न पाइने र के गर्न न पाइने

के के गर्न पाइने ?

  • औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
  • औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ६ : ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
  • अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनकाृ लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।
  • स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी स्वीकृत सिट क्षमता  यात्रु राखी सबै सवारी साधन चलाउन पाउने |

के के गर्न नपाइने

  • सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
  • खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
  • विवाह ब्रतवन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल पार्टी प्यालेजमा गराृउन नपाइने ।
  • पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
  • शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
  • स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।

Tags

छुटाउनु भयो कि ?