टप खबर

बन्दिपुरमा बिध्युत, खानेपानी लगायत अरु धेरै सेवाहरु अबरुद्ध

Lumbinikhabar Online

बन्दिपुरमा टेलिफोन, इन्टरनेट, बिध्युत र खानेपानी सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युत्‌को पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्याङ्की समेत भत्काइदिएको थियो । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए । करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ।

Tags

छुटाउनु भयो कि ?