टप खबर

देशभर भारि बर्षा जारि, खोला-नदि क्षेत्रमा जोखिम, सतर्क रहन आव्हान

Lumbinikhabar Online

नसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । कयौँ स्थानमा भारी वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगेलगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ ।

सिन्धुलीको कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेपछि धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेहरुलाई राति सम्मै सतर्कता अपनाउन  बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइएको केन्द्रले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?