टप खबर

माधवकुमार नेपालले कारबाही फुकुवा भए पनि मूल्य मान्यताको राजनीति नछाड्ने बताए

Lumbinikhabar Online

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् । एमालेले गरेको कारबाही फुकुवा भएपनि उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।

नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए । उनले भने, ‘व्यवस्था खतराउन्मुख छ । कतिपय गतिबिधि हेर्दा राम्रो संकेत दिएको छैन । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’ केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए । उनले भने, ‘केपी शर्मा ओली प्रवृत्तिको विरुद्धमा लडिरहेका छौँ । भोलि ओली प्रवृत्ति पुनः नआओस् ।’ उनले आफूले बोल्यो कि पोल्यो भन्ने अवस्था रहेको समेत बताए ।

Tags

छुटाउनु भयो कि ?