टप खबर

नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

यति बेला नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटदै छ । नेताहरु आ आफना गुट छोपेर लागी रहेका छन । गुटको राजनीतिले कुनै पाटीलाई फाइदा गदैन । अहिले फेरि काँग्रेस गुटको राजनीतिमा लागेको छ । यो बढो चिन्ताको बिषय हो ।

नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । देशमा हुने गरेका पटक पटकका आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहदै आएको कुरा कसैले पनि भुल्नु हुदैन । यस पार्टीले राष्ट्र, राष्ट्रियताको लागी ठूलो भूमिका खेलेको छ । समाजवादी समाज निर्माण गर्ने यो पाटीको लक्ष्य हो । तर अझै लक्ष्य भने पुरा गर्न सकेको छैन । समाजवादको नारा वीपी कोइरालाले अघि सारेका हुन । मेलमिलापको नीति लिएर बि पी ले मुलुक बचाएका हुन । उनकै अगुवाइमा तत्कालीन राष्ट्रिय संकटको समाधान भएको पाउन सकिन्छ ।

देशको स्वाधीनता,अखण्डता र सार्वभौम सत्तालाई सर्वोपरी राख्ने पार्टी हो काँग्रेस । पुरानो काँग्रेस र अहिलेको कांग्रेसमा आकाश धर्ती फरक छ ।राजनीतिक विसंगतिर विचलन देखा पर्नु दुर्भाग्य हो। अनेक कारणले पार्टीप्रति असन्तुष्ट, रुष्ट र पलायन नै भएका छन पुराना र त्यागी नेता । हो यति बेला नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा चलिरहेको छ । गुटहरुका आ आफना भेला बैठक बाक्लै चलिरहेका छन ।

१४औं महाधिवेशनका लागी तीव्र लविङ चलिरहेको छ । कांग्रेस पार्टीको भाग्य र भविष्य निर्माण र सुदृढीकरण गर्न नेताहरुले आ आफना कमी कमजोरी सच्चाएर जानु पर्छ । अव हस्तक्षेपकारी वैचारिक भूमिका निर्वाह गर्न युवा नेताहरु लाग्नु पर्छ । पार्टी अहिले संस्थापन र संस्थापन इतर समूहका रूपमा खडा भएको अवस्था देखिन्छ। पार्टीमा महाधिवेशनका बेला जुन खालको सैद्धान्तिक वैचारिक तथा आगामी कार्यक्रम र कार्यनीति विधिका बारेमा जुन किसिमले बहस हुनु पर्ने हो त्यो काँग्रेस पाटी भित्र हुन सकेको छैन । आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी धेरै देखिएका छन ।

तर अधिकांशले आफू सभापति हुँदा पार्टीलाई बहुमत दिलाउने हल्का भाषणबाहेक पार्टीको नीति, विधि र पद्धतिबारे खासै बोलेका छैनन् । केही समयअघि नेका पार्टीमा समूहसहित प्रवेश गरेका सुनील थापा समूहलाई कांग्रेसले ५५ महासमिति सदस्य प्रदान गरेको छ। एउटाको विचार पारित हुने तर पार्टीको कार्यकारी नेतृत्व अर्कैका हातमा पर्दा पार्टी अगाडी बढन सक्दैन ।

यस पार्टीमा डा चन्द्र भण्डारी,एनपी साउद, मनमोहन भट्टराई, गगन थापा , बिश्व प्रकास शर्मा जस्ता पार्टी आदर्शप्रति प्रतिबद्ध युवा नेता छन्। यी युवा नेताको हातमा नेतृत्व दिदा राम्रो हुन्छ । कांग्रेसलाई बलियो र शक्तिशाली बनाउने हो भनेराष्ट्र,राष्ट्रियता र प्रजातान्त्रिक समाजवाद विषयमा देशव्यापी छलफल गर्नुपर्छ । अहिले यो पाटी निरिह जस्तो देखिएको छ ।

पछिल्लो समयमा आएर खासै प्रभावकारी भूमिका खेल्न सकेको छैन । ओली सरकारको मनपरीलाई रोक्न सकेको छैन । आफना आमकार्यकर्ताहरुलाई उर्जा दिन सकेको छैन । युवा शक्तिलाई उर्जाको आबश्यक हुन्छ । लोकतन्त्र बलियो बनाउन पनि काँग्रेस बलियो बन्नु पर्छ । काँग्रेस कमजोर बन्दा लोकतन्त्र कमजोर बन्दै गएको छ ।

Tags

छुटाउनु भयो कि ?