टप खबर

भारतमा थप ४५ हजारमा कोरोना संक्रमण, मृत्यु संख्या हजार मुनि

Lumbinikhabar Online

भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । भारतमा ५ लाख ४३ हजार ७१८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?