टप खबर

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी हुदै

Lumbinikhabar Online

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ।

सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ।

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ। निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन्।  कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ।

छुटाउनु भयो कि ?