• २०८२ भदौ २४, मंगलबार ( )
बैंक तथा बित्तिय

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो

Lumbinikhabar Online

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ।

Tags

छुटाउनु भयो कि ?