पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। पेट्रोल, डिजेल रमट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाइएको हो।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २ ले वृद्धि गरेर ७३५ डलर प्रति किलो लिटर बनाइएको छ।