कोभिड-१९

भारतमा थप ३९ हजार संक्रमित थपिएका छन्, संक्रमण दर घट्दै

Lumbinikhabar Online

भारतमा थप ३९ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ९६ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १५औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९९ लाख ७३ हजार ४५७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ७० हजार ९९८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ८४६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार २६८ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?