टप खबर

काठमाडौं उपत्यकामा कोरोना सन्क्रमितको सन्ख्या घट्दो

Lumbinikhabar Online

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तीन साताअघिको तुलनामा यो साता संक्रमितको संख्या झण्डै दुई तिहाइले घटेको हो ।

जेठ १८ देखि २४ गतेसम्म काठमाडौं उपत्यकामा ९ हजार ६३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जेठ २५ देखि ३१ गतेसम्म ५ हजार ९०३ मा संक्रमण पुष्टि भयो भने असार १ देखि ७ गतेसम्म थप भएको संक्रमितको संख्या ३ हजार ४५२ मात्र छ ।

हरेक साता थपिने संक्रमितको संख्या करिब एक तिहाइले घटिरहेको तथ्यांकले देखाएको छ ।

काठमाडौंमा जेठ १८–२४ मा ६ हजार ८००, जेठ २५–३१ मा ४ हजार २४६ र असार १–७ मा २ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने साप्ताहिक रुपमा संक्रमित संख्या झण्डै आधाले घटिरहेको छ । भक्तपुरमा जेठ १८–२४ मा १ हजार ६७, जेठ २५–३१ मा ५६२ र असार १–७ मा २९१ जना संक्रमित भेटिए ।

जेठ १८–२४ गते १ हजार ७७१ संक्रमित भेटिएको ललितपुरमा असार १–७ मा ६०९ जना संक्रमित थपिए ।

Tags

छुटाउनु भयो कि ?