टप खबर

कोरोना माहामारी पछि देशमा कति आइसीयु बेड, भेन्टिलेटर हरु थपिए ? के छ स्वास्थ्य अवस्था ??

Lumbinikhabar Online

कोरोना संक्रमितको उपचारका लागि अहिले देशभर १ सय ५७ अस्पताल सूचीकृत छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार नि:शुल्क उपचारका लागि ८३ अस्पतालसँग सम्झौता गरेका छ । २०७७ साल वैशाखसम्म देशभर ३ सय २७ वटा भेन्टिलेटर थियो । ५ सय ७७ भेन्टिलेटर थप गरी ९ सय ५ पुर्‍याइएको छ । थप १ सय ८० भेन्टिलेटर थप्ने प्रक्रिया शुरु भएको मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले खबरहबलाई बताए । त्यस्तै २६ सयको संख्यामा रहेको आईसीयू बेड बढाएर ३ हजार पुर्‍याइएको छ । उनकाअनुसार ६ सय ३० वटा बेड थप्ने तयारी भइरहेको छ ।

कोभिड अघि एउटा पनि एचडीयू बेड थिएन, अहिले सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय बेड थप गर्ने तयारी भइरहेको छ’ उनले भने । अक्सिजन प्लान्ट १९ वटा थप गर्ने तयारी भइरहेको छ । त्यस्तै सय शैय्याभन्दा माथिका अस्पताललाई अक्सिजन प्लान्ट निर्माण गर्न मन्त्रालयले निर्देशन पनि दिइसकेको छ । प्रवक्ता पौडेलकाअनुसार कोभिडको बीचमा ५० को हाराहारीमा थपिएको छ । यसअघि ३२ वटा अक्सिजन प्लान्ट रहेको थियो । लिक्वीड ट्याङ कोभिड अगाडी थिएन कोभिडपछि ५ वटा थपिएको छ । २७ वटा लिक्वीड ट्याङ थप्ने मन्त्रालयको तयारी छ ।

अक्सिजन सिलिण्डर कोभिड अगाडि ६ हजार ३०० वटा थियो भने अहिले १४ हजार सिलिण्डर थपिएको छ । त्यस्तै यस अवधिमा ९ सय ७० अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ भने अक्सिजन सिलिण्डर संख्या ५ हजार १२ वटा थप गरिएको छ । देशभर ५५ वटा सरकारी प्रयोगशाला थपिएका छन् । हाल ३६ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । अहिले देशभर ६ हजार ९ सय ३४ वटा अस्पताल सञ्चालनमा छन् जहाँ १३ हजारको हाराहारीमा बेड छन् ।

पछिल्लो एक वर्षमा ती अस्पतलामा करिब दुई हजार बेड थपिएका छन् । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडअघि २४ आईसीयू बेड थियो । अहिले बढाएर २८ पुर्‍याइएको छ । सोही अस्पतालमा कोभिडको पहिले ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा रहेको निर्देशक सागर राज भण्डारी बताउँछन्  उनका अनुसार अत्याधिक चाप हुने टेकु अस्पतालमा बिरामी संख्याअनुसार भेन्टिलेटर र आइसीयू बेडको संख्या निकै कम हो ।

Tags

छुटाउनु भयो कि ?