टप खबर

२७ सय कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा २,७६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५६९ वटा पीसीआर र ५,४६८ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शुक्रबार थप ४४ जनाको मृत्यु भएको छ ।

४०२० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ५९,६२४ पुगेको छ । परीक्षण गरिएकामध्ये संक्रमित दर १९ प्रतिशत छ ।

कूल संक्रमित संख्या ६ लाख १७ हजार ९४७ (पीसीआर परीक्षणमा पुष्टि भएका) र २४ हजार ८६१ जना (एन्टीजेन परीक्षण गर्दा) पुगेको छ । कूल मृत्यु ८६४१ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?