काठमाडौँ — जेष्ठ ३१, २०७८। कला प्रेमीहरुको लागि खुशीको खबर र अवसर आएको छ । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष केडी भट्टराईले दिएको जानकारी अनुसार असार १ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहने छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रास र खतराको बीचमा पनि मनोरंजन दिने र नया प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको हो । आयोजक पक्षले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्ने छ।
प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई लकडाउनको समय सदुपयोग गर्दै प्रतियोगितामा भाग लिन निर्णायकहरुले आव्हान समेत गरेका छन्। निर्णायकहरुको निर्णयसंगै ग्लोवल अनलाईन पे मार्फत संचालन हुने अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिने छ ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने मौका समेत प्राप्त गर्नेछन। कोरोना कहरको अवस्था रहेपनि प्रतियोगितालाई मनोरन्जनात्मक र सफल बनाउन भरपुर कोशिश रहने प्रतिबद्धता आयोजक संस्थाका म्यानेजिङ डिरेक्टर राहुल जयसवालले व्यक्त गरेका छन् । कोरोना कहरको यस्तो अवस्थामा यस किसिमको कार्यक्रम गर्नु र नेपाली कला संस्कृतिलाई जोगाउन गरेका प्रयासले छुट्टै सकारात्मक संदेश पैदा गर्ने उनको भनाई छ।