टप खबर

फोहोरी राजनीति नेपालमा

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ ।

राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो ।

युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा छ । यो देशको समृद्धिका लागि युवाको आवश्यकता छ । दिगो विकासका हरेक एजेण्डाहरू युवासँग जोडिएका छन्। नेपालको राजनीतिमा पछिल्लो समय जुन किसिमका राजनीतिक गतिविधि भइरहेका छन ति सवै सन्तोषजनक छैननु । जनता निराश छन ।

अव युवाको काँधमा देशको जिम्मेवारी दिनु पर्ने आबश्यकता देखिन थालेको छ । राज्यका संयन्त्र, नीतिनियम र व्यवहारहरू जनमुखी छैनन् । देशमा सधै राजनीतिक अस्थिरता छ । यसरी देश कसरी अघि बढछ । विगतदेखि नै अपरिपक्व नेताकै कारण देश माथि उठन सकेन । अझै पनि कति समय यस्तै गन्तव्यहीन बाटोमा राजनीति जाने हो त्यो कुनै निश्चित छैन। आजका हरेक युवामाझ यस्ता गम्भीर प्रश्न तेर्सिएका छन । नेपालका राजनीतिक दल र तिनका नेताहरुमा इमान्दारिता भन्ने कुरा छदैछैन । विगतदेखि नै उनीहरुमा राजनीतिक संस्कार, इमान्दारिता देखिएन ।

नागरिकले व्यवस्था परिर्वतनमा साथ दिएका हुन्। तर समयक्रमअनुसार व्यवस्था बदलिए, नागरिकको अवस्था बदलिएन। सक्षम युवा नेतृत्व अवको खाँचो हो । अबको समय राजनीतिक संस्कार र इमान्दारिता हो ।आज सक्षम र पौरखी युवा बिदेश पलायन छन । त्यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो। स्वदेशमा नै प्रसस्त अवसर र सम्भावना हुँदाहँुदै पनि रोजगारमूलक क्षेत्र व्यवसायको बिस्तार हुन सकेको छैन। स्वदेशकै स्रोत तथा साधनको उपयोग र संरक्षण, सम्वर्धन र विकास गर्न युवाको खाँचो छ । राज्यको दूरदर्शी नीतिको अभावले युवा बाध्यताले बिदेश पलायन छन ।

यस्तो नियति अझै कहिलेसम्म निरन्तर चल्ने हो कुनै ठेगान छैन । एकातर्फ युवा पलायन हुनु अर्कातर्फ कृषियोग्य भूमि बाँझो रहनाले उत्पादन र रोजगार राज्यले गुमाउनु परेको छ । जसका कारण सामान्य वस्तु तथा सेवा, कृषि, पशुपक्षी, लत्ताकपडा र आधारभूत आवश्यकताहरूमा नै परनिर्भरता बढेको छ ।

नीति नियम प्रभावकारी र जनमुखी नहुँदा विकासका कार्यक्रममा अनियमितता, ढिलासुस्ती र चरम लापरवाही छ । सीमित व्यक्तिका स्वार्थका कारण यस्ता समस्या निरन्तर आइरहेका छन्। युवाले आज परिकल्पना गरेको नेपाल भनेकै सुशासन सहितको समृद्ध मुलुक हो। जुन देशमा सुशासन छ ति देश आज सम्पन्नताको शिखरमा पुगेका छन । तर हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौं।बेथितिका विरुद्ध युवाले आवाज उठाउनु पर्छ । युवा नउठे को उठने ? युवा सधैं सचेत हुनु जरुरी छ।

Tags

छुटाउनु भयो कि ?