टप खबर

२ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको

Lumbinikhabar Online

गत २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?