टप खबर

नेपालमा ३ हजार ३८४ संक्रमित थपिए, ६१ को मृत्यु

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षण र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १४ हजार ४९४ नमुना परीक्षण गरिएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।  जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख  ६ हजार ७७८ मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा १९ हजार ७५७ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

 

Tags

छुटाउनु भयो कि ?