सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् । संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’ बैठक आज दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ। छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन्