उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।
बुधबार नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले यस्तो आग्रह गरेका हुन् । भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भेटघाटको क्रममा खोप आपूर्तिसहित विभिन्न आपसी हितबारे छलफल भएको थियो ।