टप खबर

सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म लम्बियो

Lumbinikhabar Online

सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जानकारी दिए ।

‘जिल्लामा अझै संक्रमणको दर उच्च छ, संक्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ’, प्रजिअ रिजालले भने । वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा शुक्रबार एक महिना पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लामा हाल झण्डै तीन हजार सक्रिय संक्रमित छन् ।

Tags

छुटाउनु भयो कि ?