बिजनेस

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने

Lumbinikhabar Online

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेको छ ।किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको  छ ।  कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा चामल, दाल, नेल, नूनलगायत सामग्रीको पर्याप्त मौज्दात छ ।

Tags

छुटाउनु भयो कि ?